नरेश भट्टले हत्या गरेको छर्लंग भएको छ

२०८१ आश्विन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकाको भर्जिनियामा नेपाल चेली ममता भट्टको उनको श्रीमान नरेश भट्टले ह त्या गरेको लगभग छर्लंग भएको छ । ह त्या पश्चात शरीर टु क्राटु क्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् । ममता बे पत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला (ट्र्यास ब्याग) हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो । नरेशले ममताको ह त्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरु नभेटिउन् । प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै ला शको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए । उनको तौरतरिका एकदमै सुनियोजित देखिएको छ । हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् । घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि यही नै सबैभन्दा ठूलो सुराक बन्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय