गरे दाबी पेस,गण्डकीको मुख्‍यमन्त्रीमा खगराजले

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गरे दाबी पेस,गण्डकीको मुख्‍यमन्त्रीमा खगराजले

 

 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।

सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा अधिकारीले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेश गरेका हुन्।

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, कांग्रेसको २७, राप्रपा २ र स्वतन्त्र सांसद दीपक मनाङे छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ २ अनुसार चैत २७ गते दिउँसो ३ बजेसम्मको समय दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय