सार्वजनिक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सार्वजनिक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’

 

 

‘मारीखोलाको ढुंगो’ जेबी दर्लामीको उपन्यास  सार्वजनिक भएको छ।

लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा कालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गरेसँगै उपन्यास लोकार्पण गरिएको हो।

काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात सशस्त्र द्वन्द्वकालमा जन्मे हुर्केको पुस्ताहरूको हो भन्ने प्रतीकात्मक संकेत पनि थियो।

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाएकी थिइन्।

‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौं, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ ईभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौं? अहिले कहाँ छौं? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’

लेखक जेबी दर्लामीले पब्लिकेशन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसँग गहिरो प्रेम छ।’

यो पुस्तक विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् भने थुप्रै डट कमबाट यसको इबुक पनि किन्न सकिनेछ।

१ सय ३४ पृष्ठको ‘मारीखोलाको ढुंगो’ पुस्तकको मूल्य ३ सय ४५ रूपैयाँ रहेको छ। पुस्तक देशभरका पुस्तक पसलमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय