बैठक बस्दै,एमाले केन्द्रीय कार्यालय

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैठक बस्दै,एमाले केन्द्रीय कार्यालय

 

 

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्दै छ।

वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेले बैठक बोलाएको हो ।

कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक  च्यासलमा बिहान साढे ११ बजे बस्ने छ।

बैठकले प्रतिनिधि परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ। यसैगरी इलामको उपनिर्वाचनको तयारी, कार्यकर्ता परिचालन, प्रचार शैली आदिका विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिए।

केहीदिन भित्रै सचिवालयको बैठक बसेर प्रतिनिधि परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्तिम रुप दिने एमालेको तयारी छ।

महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उप-महासचिव, सचिवहरु र कार्यालय सचिव रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय