
सरकारी वेबसाइट डाउन,समस्या समाधानको प्रयास
काठमाडौं : सरकारी वेबसाइट डाउन भएको छ।
आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन्।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले डोमेन नेम सिस्टम (डीएनएस)मा समस्या आउँदा सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी)मा होस्ट भएका साइट डाउन भएको बताए। उनले अहिले समस्या समाधानको प्रयास भइरहेको बताए।