श्रीमतीको हत्या दाउराले हानेर

२०८० चैत्र २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

श्रीमतीको हत्या दाउराले हानेर

 

 

 तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्।

३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। तनहुँ प्रहरीले  घटनाको कारण बारे अनुसन्धानपछि मात्र भन्न सकिने  जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय