आज शुरु हुने एमालेको स्याङ्जा अधिवेशन , ओलीले उद्घाटन गर्ने

२०८० चैत्र २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज शुरु हुने एमालेको स्याङ्जा अधिवेशन , ओलीले उद्घाटन गर्ने

 

 

 

नेकपा एमाले स्याङ्जाको नवौँ अधिवेशन शुक्रबार शुरु हुँदै छ। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

गण्डकी प्रदेशका म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ। सबै जिल्लामा गुटबाट प्रतिस्पर्धा भएको थियो।

अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६०९ जना प्रतिनिधि चयन भएका छन्।

स्याङ्जाको अधिवेशनले पाँच पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय