एक जना पक्राउ,१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा

२०८० चैत्र २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एक जना पक्राउ,१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा

 

 

खोटाङ : १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई  प्रहरीले पक्राउ गरेको छ । परियारले ती बालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय