लगातार तेस्रो हार,मुम्बई इन्डियन्सको

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लगातार तेस्रो हार,मुम्बई इन्डियन्सको

 

 

आइपिएल २०२४ मा मुम्बई इन्डियन्सले तेस्रो हार बेहोरेको छ। सोमबार भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेट पराजित गर्‍यो।

मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर १५.३ ओभरमा पूरा गर्यो।

राजस्थानका लागि रियन परागले नटआउट ५४ रन जोडे।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको क्षतिमा १२५ रनमा मात्र जोड्न सक्यो।

मुम्बईका शीर्ष चार मध्ये तीन ब्याटर शून्य आउट भए। ओपनर इशान किसनले १६ रन जोड्दा रोहित शर्मा रमन धिर र ब्रेभिस शुन्यमा आउट भए।

तिलक बर्माले ३२ रन  र कप्तान हार्दिक पाण्ड्याले ३४ रन मात्र जोड्न सक्यो।

बलिङमा राजस्थानका ट्रेन्ट बोल्डले ३ विकेट लिए। उनले २२ रन मात्र खर्चिए। नान्द्रे बर्गरले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय