यो वर्ष पनि सुजनले जिब्रो छेड्ने बोडे जात्रामा

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यो वर्ष पनि सुजनले जिब्रो छेड्ने बोडे जात्रामा

 

 

काठमाडौं : मध्यपुर थिमी नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते हुने जात्रामा सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। उनले दोस्रोपटक जिब्रो छेड्न लागेका हुन्।

सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले सुजनलाई गत वर्ष पहिलोपटक जिब्रो छेड्न लगाएका थिए। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेर छाडेपछि भाइ बुद्धकृष्णले निरन्तरता दिएका थिए।

जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यो वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिए।

‘बुबाले जिब्रो छेडाउँदा म उहाँसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो’, उनले भने, ‘त्यो मौका गत वर्ष जुर्‍यो। यो वर्ष पनि निरन्तरता दिन जिब्रो छेडाउँदैछु।

बिस्केट जात्राअन्तर्गत बोडेमा जिब्रो छेडाउने व्यक्ति केही दिनअघि नै शुद्ध भई बस्नुपर्छ। जिब्रो छेडाएपछि महाद्वीप बोकेर बोडेका देवस्थल घुम्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय