सरकारको कालोसूचीमा, दुई निर्माण कम्पनी

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारको कालोसूचीमा, दुई निर्माण कम्पनी

 

 

 

सरकारले दुई वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णयअनुसार नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालिलाई ३ वर्ष र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।

kalosuchi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय