श्रीमान-श्रीमती मृत फेला पर्वतमा

२०८० चैत्र २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

श्रीमान-श्रीमती मृत फेला पर्वतमा

 

 

पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन्।

जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खुमलाल भुसालले जानकारी दिए।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएको थियो। खबर भएपछि डिएसपी भुसालसहितको टोली घटनास्थलतर्फ जाँदैछन्।

‘घटना शंकास्पद छ भनिएको छ। म पुग्दैछु,’ उनले भने।

मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन्। उनीहरूको हत्या भएको आशंका गरिएको छ।

वडा नम्बर २ का वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय