आज पनि वर्षा र हिमपात यी प्रदेशमा
मंगलबार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले पनि देशका केही भूभागमा वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।
महाशाखाका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।