एमाले सांसद गैरे माग, हावाहुरी पीडितलाई राहत दिन

२०८० चैत्र १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एमाले सांसद गैरे माग, हावाहुरी पीडितलाई राहत दिन

 

 

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले हावाहुरीका कारण मृत्यु भएका भुवन सिञ्जालीको परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो । हावाहुरीले पाल्पाकै रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको सांसद गैरेको भनाइ छ ।

असिना पानीसहितको हावाहुरीले स्कुलका छाना, घरका छाना उडाएको उनले बताए । ‘पीडित किसानलाई सरकारले राहत उपलब्ध गराओस्,’ गैरेले भने ,‘ बर्सेनि वनजंगलमा डढेलो र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिको अनुमान गरेर न्यूनीकरण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय