सत्ता गठबन्धनको बैठक बालुवाटारमा

२०८० चैत्र १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

 

 

सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको छ । उपनिर्वाचनको तयारी, प्रदेश सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।

गठबन्धनबाट साझा उम्मेदवार चयन र प्रदेश सिट बाँडफाँट टुङ्गो लगाउने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय