![](https://gojimediahouse.com/wp-content/uploads/2024/03/nij3te84_dead-body_625x300_20_July_18-3-300x185-1-150x150-1-1-1-1-1-2-1-1.webp)
डोल्पामा एकजनाको मृत्यु, रुख भाँचिदा
डोल्पामा शनिवार अत्याधिक हावाहुरीका मुड्केचुला गाउँपालिका ९ होर्तगाउका ४० वर्षीय सिद्ध बुढाको मृत्यु भएको छ।
आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बीच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार मुसि खोलाबाट आलु र खेतमा प्रयोग गर्ने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढल्दा बुढासँगै दुई वटा घोडा च्यापिएका थिए।
रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिरेका बुढाको उपचारको लागि डोल्पा देखि जुम्ला लैजाँदै गर्दा बाटोमा अत्याधिक रक्तश्राबका कारण शनिवार साँझ लामाचौरमा ज्यान गएको अध्यक्ष शाहीको भनाइ छ।