
मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा शिक्षकको मृत्यु
ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।
बजगाईं बाग भैरव माविका शिक्षक हुन् । गएराति बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको मोटरसाइकल बजगाईंले चलाएका हुन् ।
उनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।