दुई जना पक्राउ, जबरजस्ती करणीको अभियोगमा
झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने इलाम माई नगरपालिका–६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।