मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुरमा

२०८० चैत्र १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुरमा

 

 

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मध्यपुरथिमी नगरपालिका-२ सानोठिमीका ६२ वर्षीय राम थापा छन्।

बिहीबार बेलुका ७ बजे मध्यपुरथिमी नगरपालिका-२ आर्मी ब्यारेक नजिकैको सडकमा एउटा मोटरसाइकलले ठक्कर दिएको थियो।

भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुरठिमी अस्पताल लगिएको थियो।

उपचारका क्रममा साढे ७ बजे थापाको मृत्यु भएको डिएसपी पाठकले जानकारी दिएका छन्।

ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र चालकको खोजतलास भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय