बेलायती राजदूत र गृहमन्त्री लामिछानेबीच भेट

२०८० चैत्र १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बेलायती राजदूत र गृहमन्त्री लामिछानेबीच भेट

 

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच भेट भएको छ।

सिंहदरबारमा बिहीबार बिहान भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धिमा पुर्‍याएको सघाउप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

यस्तै विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि पनि गृहमन्त्रीले आभार व्यक्त गरेका थिए।

भेटका अवसरमा गृहमन्त्रीले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा गरेको सचिवालयको भनाइ छ।

राजदूत रोबले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने बताएका थिए।

भेटका अवसरमा राजदूतले रोबले भूतपूर्व गोर्खा सैनिकले उठाएका मुद्दा सम्बोधन गर्ने आश्वासन दिएको पनि सचिवालयले बतायो।

त्यस्तै नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिएको सचिवालयले बतायो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय