संवैधानिक परिषद् बैठक प्रधानमन्त्रीले बोलाए

२०८० चैत्र १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संवैधानिक परिषद् बैठक प्रधानमन्त्रीले बोलाए

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएको उपसभामुख इन्दिरा राना मगरले  जानकारी दिइन्।

उनकाअनुसार संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ।

यसैबीच प्रधानमन्त्री दाहालले बिहीबार बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुने व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय