आजदेखि विराट गोल्डकप प्रतियोगिता

२०८० चैत्र १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आजदेखि विराट गोल्डकप प्रतियोगिता

 

 

 कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार विराट गोल्डकप प्रतियोगिता शुरु हुँदैछ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० फुटबल टिम सहभागी हुँदै छन्। नेपालका विगागीयसहित सात, भारतका दुई र भुटानको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन खेलमा बिहीबार भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस भिड्ने भएका छन्। खेल पौने ६ बजे शुरु हुनेछ।

प्रतियोगिता सम्पन्न गर्न कुल अनुमानित एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

प्रतियोगितामा विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार हात पार्नेछन्। यस्तै उत्कृष्ट प्रशिक्षकले २१ हजार, उत्कृष्ट गोलरक्षकलाई २१ हजार, सर्वाधिक गोलकर्तालाई २१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय