अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन्।
उनी आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किनेछन्।
एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा पुगेका छन्।
अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएका छन्। तर, सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि कार्कीले बताए।
पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने कार्कीले बताए।