भेटिइन् गोवाबाट हराएकी मेयर हमालकी छोरी आरती

२०८० चैत्र १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेटिइन् गोवाबाट हराएकी मेयर हमालकी छोरी आरती

 

 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतको गोवाबाट सम्पर्क विहीन भएकी  सम्पर्कमा आएकी छन्।

सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्। उनी भारतको गोवामा सकुशल भेटिएको मेय हमालले सामाजिक सञ्जाललमा लेखेका छन्।

उनी ओशो साधक पनि हुन्। केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट उनी सम्पर्कविहीन भएको उनको साथीबाट खबर प्राप्त भएको हमालले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

मेयर हमालले लेखेका छन्

सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय