एकको मृत्यु, एक गम्भीर रोकेको बसमा मोटरसाइकल ठोक्किँदा

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एकको मृत्यु, एक गम्भीर रोकेको बसमा मोटरसाइकल ठोक्किँदा

 

सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्।

बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको सर्लाहीका प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए। उनका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा आज बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको हो।  दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ।

दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय