ताप्लेजुङमा ढुंगाले किचेर एकजनाको मृत्यु

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङमा ढुंगाले किचेर एकजनाको मृत्यु

 

 

जिल्लाको फुङलिङ नगरपालिका–५ उकालीपानीमा ढुङ्गा फुटाउँदै गरेका स्थानीय ५९ वर्षीय रामचन्द्र गुरुङको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ढुङ्गा फुटाउँदै गरेका उनलाई खाजा खान बसेका बेला माथिबाट झरेको ढुङ्गाले किचेर  हो।

ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए। गुरुङको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय