बागलुङका आमाहरूलाई नौमती बाजा बजाउन तालिम लिँदै

२०८० चैत्र १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बागलुङका आमाहरूलाई नौमती बाजा बजाउन तालिम लिँदै

 

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन्।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताइन्।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले बताए।

‘आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ,’ अध्यक्ष थापाले भनिन्।, ‘बागलुङ नगरपालिकाले प्रदान गरेको एक लाख ५० हजार रुपैयाँबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौं, ५० हजार सिक्ने खर्च हो भने एक लाख रुपैयाँमा बाजा खरिद गरेका छौं।’

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताइन्।‘बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो,’ नगरप्रमुख श्रेष्ठले भनिन्, ‘आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौं। उनीहरूलाई सक्रिय बनाउन  नगरपालिकाले निरन्तर सहयोग गर्नेछ।’

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उनले बताइन्। कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय