
बैतडीमा बेपत्ता पुरुषको मृत्यु
१८ दिनदेखि बेपत्ता रहेका बैतडीमा एक पुरुष मृत फेला परेका छन्।
जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।
गत फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने ठाउँमा मृत फेला परेका थिए। स्थानीय बासिन्दाले बोहरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक जोशीले बताए।
घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।