गेम खेलाउने ६ जना पक्राउ, अनलाइन क्यासिनो

२०८० चैत्र ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गेम खेलाउने ६ जना पक्राउ, अनलाइन क्यासिनो

 

 

क्यास एप एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान, मोबाइल ८ थान, सिपियु १ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सर्लाही ब्रम्हपुरी नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-६ मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामबीर ठाकुर, मोरङ बेलबारी नगरपालिका-१० घर भई काठमाडौं टोखा नगरपालिका-६ भत्केपुल बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ तेन्जीङचोक बस्ने २२ वर्षीय प्रसय जमकट्टेल, झापा गौरादह नगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बालुवाखानी बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने २९ वर्षीय स्वराज श्रेष्ठ रहेका छन्।

आवश्यक कारबाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय