एकको मृत्यु, तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा

२०८० चैत्र ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एकको मृत्यु, तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा

 

 

गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

प्रहरी नियन्त्रणमा मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक  रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय