आज पनि सतर्क रहन आग्रह, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

२०८० चैत्र ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज पनि सतर्क रहन आग्रह, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

 

आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज पनि कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

‘बुधबार काठमाडौँमा दिनभर नै वर्षा भएको छ। तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन। तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ,’ महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने।

बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८।५ मिलिमिटर वर्षा भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय