जले घर र गोठ, चौपायालाई पानी तताउँदा सल्किएको आगोले

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जले घर र गोठ, चौपायालाई पानी तताउँदा सल्किएको आगोले

 

बुधवार बिहान जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको आगलागीमा परी दुई गोठ र दुई गोठमा क्षति पुगेको छ।

दुर्लुङको थुमामा स्थानीय पूर्णप्रसाद शर्मा र मनमाया बि.क. को गोठ र घरमा आगलागी भएपछि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए।

बिहान करिब छ बजेको समयमा गोठमा चौपायालाई पानी तताइरहेको बेलामा सोही आगोबाट आगलागी सुरु भएको सूचना आएको बताउँदै उनले आगलागीबाट भएको आर्थिक क्षतिको बारेमा अध्ययन भइरहेको जानकारी दिए।

पीडितहरूले कुखुराका माउ र चल्ला करिब ७० वटा, झन्डै एक लाख मूल्यको मिल, एक लाख मूल्य बराबरको खाद्यान्न, दुई लाख बराबर पसलका सामान, ४५ हजार नगद लगायत गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन्। घट्नामा भएको क्षतिको विवरण सङ्कलनको काम चलिरहेकोले कतिको क्षति भएको हो भन्ने यकिन नभएको पर्वत प्रहरीले बताएको छ।

आगलागीको सूचना पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट खटिएका सुरक्षाकर्मीहरू सहित स्थानीय बासीको पहलमा आगो नियन्त्रणमा आएको थियो। आगलागीमा परी दुई वटा गोठ, एउटा घरमा पूर्ण क्षति भएको र अर्को एक घरमा आंशिक क्षति भएको डिएसपी भुसालले बताए। दुवै घर र गोठ कच्ची हुन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय