सरकारलाई प्रश्न : प्रदीप यादवले किसानलाई मल अभाव हुन नदिने योजना के छ ?

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारलाई प्रश्न : प्रदीप यादवले किसानलाई मल अभाव हुन नदिने योजना के छ ?

 

 

जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ? भनी सरकारलाई प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे।

प्रमुख सचेतक यादवले भने, ‘मधेशको सबैभन्दा खतरानाक अवस्था के हो भने रासायनिक मल हो। किसानको कुरा हामी गर्छौं। चर्को भाषण गर्छौं। सबै अर्थमन्त्रीहरुले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ। कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकी हाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर खाद्य चाहीँ पाउँदै पाउँदैन । के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई खाद्यको व्यवस्था गरि दिनुहुन्छ?’

उनले विगतमा भएका अर्थमन्त्रीहरूले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अब मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराए। प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिए। उनले धनीलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

बजेट वितरणमुखीभन्दा पनि परिणाममुखी हुनुपर्ने सुझाव पनि यादवले सरकारलाई दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय