अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस आज मनाइँदै

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस आज मनाइँदै

 

 अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस, नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च २० का दिन मुख स्वास्थ्यसँग सम्बन्धित सन्देश फैलाउन यो दिवस मनाइन्छ।

मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अंगको स्वास्थ्यलाई बुझिन्छ। मुख स्वस्थ भयो भने मात्रै शरीर स्वस्थ रहन्छ । मुखकै कारण शरिरका अन्य अंगमा विभिन्न रोग लाग्छ। त्यसैले मुख स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।

मुख स्वास्थ्य अन्तरगत दाँत सबैभन्दा बढी संवेदनशील मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ६ अर्ब ७५ करोड मानिस दाँतको रोगबाट पीडित छन्। एकदेखि ९ वर्ष सम्मका ५१ .२ प्रतिशत दाँतको उपचारको पहुँच बाहिर छन्। नेपाल सरकारले २०७० मा राष्ट्रिय मुख स्वास्थ्य नीति पारित गरिसकेको छ।

डा श्रेष्ठ भन्छिन्, “अहिले ब्रस नगर्ने मान्छे सायदै कोही होला । बच्चाको दाँत नै नआए पनि गिजा सफा कपडाले पुछिदिनुपर्छ । साढे दुई वर्षसम्म दुधेदाँत आइसक्छ । नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ । धेरै अभिभावकले दुधेदाँत झरेर अर्को आउँछ भनेर ध्यान दिनुहुँदैन तर त्यो कीराले खायो भने पछि आउने दाँत नराम्रो आउने सम्भावना हुन्छ ।”

विज्ञहरूले मुख स्वास्थ्यलाई राम्रो बनाउन छ–छ महिनामा दाँत जाँच गराउने, दैनिक बिहान र बेलुका दिनमा दुईपटक ब्रस गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने बानी बसाल्ने, ‘कोल्डड्रिङक्स’को सेवन कम गर्ने तथा चुरोट, गुट्खा, सुपारीलगायत सुर्तीजन्य पदार्थ सेवन नगर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय