८ जना पक्राउ, बसुन्धराबाट जुवा खेल्ने

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

८ जना पक्राउ, बसुन्धराबाट जुवा खेल्ने

 

 

एक लाख ८८ हजार नगदसहित जुवा खेल्ने ८ जना काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन्।

मंगलबार दिउँसो ४ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धरास्थित टहराबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृष्णप्रसाद श्रेष्ठ, कोमलबहादुर प्याकुरेल, अर्जुन राई, मनोजकुमार चौधरी, इश्वर राई, विष्णु मगर, कैलाश मगर र सन्दिपकुमार चौधरी छन्।

महेश मगरले भाडामा लिएको जस्ताको टहरामा केही मानिसहरूले जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले ८ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट एक लाख ८८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।चार बुक तास पनि प्रहरीले बरामद गरेको छ।उनीहरूमाथि प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय