६०वर्षीय श्रीमनले गरे श्रीमतीको हत्यापछि आत्महत्या

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६०वर्षीय श्रीमनले गरे श्रीमतीको हत्यापछि आत्महत्या

 

 

 मोरङको बेलबारी नगरपालिका-१ मा एक वृद्धले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

बुधबार बिहानका राति १ः४०मिनेट तिर  बेलबारी १ का ६० वर्षीय बमबहादुर लिम्बूले धारिलो हतियार प्रहार गरी श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ।

गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र  उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। लगत्तै बमबहादुर आफूले सोही हतियारले घाँटी रेटेका थिए।

लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरामा बस्दै आएको प्रहरीले जनाएको छ।गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारी  उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगेको थियो। बिहान ३ः२० मिनेटतिर उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

प्रहरीले  हत्या र आत्महत्याको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय