प्रधानमन्त्री दाहालको घोषणा चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने

२०८० चैत्र ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने, प्रधानमन्त्री दाहालको घोषणा

 

चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने  प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका हुन्। उनले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा रहेको जानकारी दिए।

उनले चुरे–तराई÷मधेस क्षेत्रको संरक्षणमार्फत तराई÷मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चुरेको माथिल्लो तटिय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको पनि बताए।

प्रधानमन्त्री दाहालले चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जन भइ स्वीकृतिको प्रक्रियामा रहेको पनि बताए।

उनले चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्रदान भइसकेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय