
बाँकी भूमिहीनलाई छिट्टै जग्गाधनी प्रमाणपत्र वितरण : प्रधानमन्त्री प्रचण्ड
बाँकी भूमिहीनलाई छिट्टै जग्गाधनी प्रमाणपत्र वितरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नमा जवाफमा उनले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई छिट्टै उपलब्ध गराइने जानकारी दिएका हुन्।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ का बासिन्दाले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको भन्दै जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइसकेको बताए।