गाउँपालिकाले २० हजार रुपैयाँ दिने, राँगा पाल्नेलाई

२०८० चैत्र ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गाउँपालिकाले २० हजार रुपैयाँ दिने, राँगा पाल्नेलाई

 

 

राँगा पाल्ने कृषकलाई पैयुँ गाउँपालिकाले  जनही २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ|

दुग्धजन्य पदार्थको उत्पादनको लागि मात्रै नभएर समग्र कृषि कर्मलाई चलायमान बनाउने आधार पनि रहेको भन्दै यो निर्णय  गरेको गाउँपालिकाले जनाएको छ।

व्यावसायिक रूपमा राँगो पाल्दै आएका कृषकको सम्मान गर्न र अरुलाई प्रेरित गर्न आर्थिक सहयोग गर्न गाउँपालिकाको १३ औँ सभाले सर्वसम्मत निर्णय गरेको हो।

कृषि कर्मको महत्त्वपूर्ण आधारको भएकाले राँगापालनलाई प्रोत्साहन गर्न कृषकलाई रकम प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जनाए।

उनका अनुसार सात वडा वडा रहेको पैयुँको प्रत्येक वडामा तीन-चार वटासम्म राँगा पालिएका छन्। ती सबैलाई सहयोग गर्दा करिब पाँच लाख रुपैयाँ खर्च हुन्छ।

पोषणदेखि कृषकको गोठसम्म लैजाँदाको जोखिमका कारण पनि राँगोपालन कठिन हुने गरेको राँगो पाल्दै आएका अर्का कृषक मेकबहादुर क्षेत्रीले बताए।

पैयुँ गाउँपालिकामा कृषकले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० रुपैयाँ खर्च तिर्दै आएका छन्। अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीको आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ।

भैँसीपालक कृषकले फोन गरेको बेलामा रातीको समयमा समेत बोलाइएकै समयमा पुग्नुपर्ने र जस्तो मौसम र जस्तो बाटो भए पनि पुग्नुपर्ने भएकाले पनि राँगा पालनलाई दुःखको पेशाका रूपमा लिएको स्थानीय ताराप्रसाद भुर्तेलले बताए। राँगा शारीरिक र मानसिक विकास राम्रो भएमा मात्रै राम्रो बानी व्यवहार भएका पाडापाडी जन्मिने भएकाले राँगोलाई उचित वातावरणमा पालेर व्यवस्थित गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय