एकजनाको मृत्यु, डढेलो निभाउने क्रममा

२०८० चैत्र ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एकजनाको मृत्यु, डढेलो निभाउने क्रममा

 

 

धादिङमा जंगलमा लागेको डढेलो निभाउने क्रममा  एक जनाको मृत्यु भएको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्ती निवासी ५२ वर्षीय खामबहादुर थापा मगरको मृत्यु भएको हो।

मृतक थापा मगर भालुखोप भन्ने स्थानको रातामाटे जंगलमा डढेलो सल्केपछि निभाउने क्रममा लडेर घाइते भएका थिए। डढेलो निभाउने क्रममा लड्दा उनी करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ।

स्थानीयले उद्धार गरी अस्पताल लगेपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय