
आज सामान्य वर्षाको सम्भावना पहाडी भागमा
मंगलबार देशका केही भूभागमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा हुने भएको छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
ति कोशी प्रदेशमा आंराशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।