आज दुई संसदीय समितिको बैठक
दुई संसदीय समितिको बैठक राष्ट्रिय सभाअन्तर्गतका सोमबार बस्दैछ।
बिहान साढे १० बजेका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोलाइएको छ। बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान १० : ३० बजेकै लागि बोलाइएको छ।
बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम निर्वाचित सभापति र मनोनित भई आएका नयाँ सदस्यको स्वागत कार्यक्रम तय भएको छ।