युवक पक्राउ, किशोरीको हत्या गर्ने

२०८० चैत्र ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवक पक्राउ, किशोरीको हत्या गर्ने

 

 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

कलेज जान भनेर हिँडेकी तारेभिरकी १८ वर्षीया सुष्मा लामा माघ २२ गतेदेखि बेपत्ता थिइन्। उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन गरी सनाखत भएको थियो।

प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन्। माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोष्ट गरिन्। परिवारले माघ २५ गते प्रहरीवृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो।

एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन भएको जनाइएको छ। हात पेटीले कसेको र घाँटीमा टाईले कसेको अर्ध सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन्।

अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताब कापी समेत बरामद भएको छ। प्रहरीले हत्यामा संलग्न तारेभिरका २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरी अधिकारीका अनुसार हत्या आरोपी व्यक्तिले सुष्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरेपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय