साइकलयात्रीलाई मोटरसाइकलले ठक्करदिँदा एकजनाको मृत्यु

२०८० चैत्र ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साइकलयात्रीलाई मोटरसाइकलले ठक्करदिँदा एकजनाको मृत्यु

 

 

मोटरसाइकलको ठक्करबाट पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ  ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको छ।

साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका– १० का चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले पथरीशनिश्चरे– १ स्थित पश्चिम बस स्ट्यान्डमा साइकल यात्रीलाई ठक्कर दिएको हो।

मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ।

घाइते चौहानलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय