
एकजनाको मृत्यु, रोकिराखेको ट्रकसँग बस ठोक्किँदा
बस र ट्रक ठोक्किँदा चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा एक जनाको मृत्यु भएको छ।
उनी रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेका थिए। ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए।
अन्य चारजना घाइते छन्। तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छन्। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।