२ लाख ५० हजार ठगेको आरोपमा पक्राउ,दुबई पठाइदिन्छु भन्दै

२०८० चैत्र २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ लाख ५० हजार ठगेको आरोपमा पक्राउ,दुबई पठाइदिन्छु भन्दै

 

 

काठमाडौं : दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णुबहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बतिसपुतलीबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगार विभाग उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय