कुकर बम विस्फोट,सिन्धुलीको दुम्जा डाँडामा
आज बिहान ३ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जा डाँडास्थित विपी पार्कमा रहेको नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी चिरञ्जिवी दाहालका अनुसार विस्फोटको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।
टावरको कम्पाउन्डभित्र रहेको पक्की घरको झ्यालमा अपरिचित समूहले कुकर बम पड्काएको भेटिएको उनले बताए।
विस्फोटबाट टावरमा क्षति नभएको तर भवनको झ्यालमा सामान्य क्षति भएको उनले बताए।
विस्फोटमा संलग्नहरूको खोजीकार्य तीव्र पारिएको डिएसपी दाहालले जानकारी दिए।प्रहरीले कुकरको बिर्को झ्यालमा अड्किएको र कुकरको भाग भुइँमा रहेको अवस्थामा फेला पारेको छ। त्यस्तै पेट्रोलको गन्ध आउने बोतल र जन मुक्ति सेना लेखिएको पर्चा पनि बरामद भएको डिएसपी दाहालले जानकारी दिए।