आज बस्ने संसद्का दुवै सदनको बैठक

२०८० चैत्र २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज बस्ने संसद्का दुवै सदनको बैठक

 

 

काठमाडौं : संसद्का दुवै सदनको बैठक शुक्रबार बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। राष्ट्रिय सभा बैठक बिहान सवा ११ बस्नेछ।

बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।

यस्तै गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आर्थिक वर्ष २०८१/०८२ का लागि दुवै सदनमा  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय