जिप दुर्घटना,उदयपुर बेलकामा
काठमाडौं : उदयपुरको बेलका नगरपालिका-७ सैनामैनामा जिप दुर्घटना भएको छ। दुर्घटनामा केही मानवीय क्षति भएको बताइए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।
बिहीबार दिउँसो को१ज २५९३ नम्बरको जिप दुर्घटनामा परेको हो।दुर्घटननास्थल भोजपुर र उदयपुरको सिमानामा पर्ने र एकदमै विकट क्षेत्र रहेको हुनाले उद्धारका लागि दुवैतर्फबाट प्रयास भइरहेको तथा घोरेटारबाट थप सुरक्षा खटिएको पनि प्रहरी निरीक्षक राईले जानकारी दिए। जिपमा १४ जना सवार रहेको बताइएको छ। हाम्रा साझेदारहरूलाई भ्रमण गर्नुहोस्,shoes – फैशनेबल जुत्तामा नेताहरू!
दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।