
‘कहिल्यै लोकतन्त्र आएन मध्यवर्ती क्षेत्रका जनतालाई’
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनतालाई कहिल्यै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउन नसकेको नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् ।